नेपाली कांग्रेस तनहुँमा महाधिवेशन प्रतिनिधिका लागि १६ जनाको मनोनयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँमा रिक्त रहेको तीन महाधिवेशन प्रतिनिधिका लागि १६ जनाले मनोनयन दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ छ र क्षेत्र नम्बर २ को दुइ महाधिवेशन प्रतिनिधि (प्रत्यक्ष खुला) तर्फ १० जनाले मनोनयन दर्ता गरेका हुन् ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिका लागि आइतबार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशन प्रतिनिधि चयनपछि क्षेत्र नम्बर १ मा एक र क्षेत्र नम्बर २ मा दुइ महासमिति सदस्य चयनका लागि प्रक्रिया थालिने निर्वाचन अधिकृत चन्द्रकान्त वाग्लेले बताए ।
क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ अशोक गुरुङ, राजकुमार श्रेष्ठ, प्रतापसिं गुरुङ, गलबहादुर गुरुङ, लेखबहादुर राना र बैंशबहादुर गुरुङले मनोनयन दर्ता गरेका छन् ।
यस्तै, क्षेत्र नम्बर २ को दुइ महाधिवेशन प्रतिनिधि -प्रत्यक्ष खुला) तर्फ कृष्णराज पण्डित, रविचन्द्र पौडेल, बालकृष्ण घिमिरे, विष्णुहरि पाठक, मोहन गिरी, सन्तोष घिमिरे, विष्णु मल्ल, वीरबहादुर थापा मगर, माधव भट्टराइ र श्रीराम आलेले मनोनयन दर्ता गराएका छन् ।
महाधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालिका अनुसार आइतबार नै दावी विरोध, दावी विरोध उपर छानबिन, दोस्रो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै मंसिर ५ गते उम्मेदवारी फिर्ता, सोही दिन अन्तिम नामावली प्रकाशन हुनेछ ।
सहमति नभएमा मंसिर ६ गते मतदान कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । मतदान क्षेत्र नम्बर १ को लागि पार्टी कार्यालय र २ को बेलचौतारा सामुदायिक भवनमा गरिने भएको छ । निर्वाचन समितिले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य टुंगो लगाउने तयारी गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker