देवघाटको दिगो बिकास गर्छौ : उम्मेदवार गुरुङ

तनहुँ-१ प्रदेश सभा २ का नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर गुरुङले देवघाटको दिगो विकास गर्ने प्रतिवद्धता जनाएका छन् । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा देवघाटको घरदैलोमा पुगेका उम्मेदवार गुरुङले पवित्र धार्मिक स्थल देवघाट धाम लगायत यस क्षेत्रको विकासका लागि आफु लागिपर्ने प्रतिवद्धता जनाएका हुन्।
देवघाट गाउँपालिका-५ मा राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघ देवघाटले संयुक्त रुपमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले देवघाट गाउँपालिकाको दिगो बिकासको निम्ति सम्पूर्ण देवघाटवासिहरूलाई यस पटक सुर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराइदिन अनुरोध गरे ।
उम्मेदवार गुरुङले आफु निर्वाचित भएपछि स्वस्थ्य, शिक्षा, खानेपानी, पर्यटन प्रवर्द्धन बाटोघाटो बिकास निर्माणको कामलाई पहिलो प्राथमिकता दिर्इ देवघाटको मुहार फेर्ने बताउँदै नेकपा एमाले अहिले आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानमा एकजुट भएर अघि बढेको र आफ्नो गाउँ, ठाउँ बनाउनका लागि ढुक्कका साथ सुर्य चिन्हमा भोट हाल्न आग्रह समेत गरे ।
कार्यक्रममा प्रदेश सभा समानुपातिक उम्मेदवार शिव अधिकारीले एमालेको घोषणापत्रलाई सम्झेर नेकपा एमालेलाई भोट हाल्न अनुरोध गरे ।
राष्ट्रिय युवा संघ नेपाल देवघाटका अध्यक्ष सुकु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष मदन तिमिल्सिना, संघका केन्द्रीय सदस्य सान श्रेष्ठ लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।










