कला संस्कृतिको प्रवर्द्धनार्थ भानु नगरपालिकाले बाढ्यो पञ्चेबाजा

जिल्लाको भानु नगरपालिका कार्यालयलले कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी माग भई आएका समूहलाई वितरण गरेको हो ।

समुदायमा रहेका मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पञ्चेबाजा प्रदान गरेको उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो । उहाँका अनुसार भानु–३ स्थित दोरदोर कालिका समूह, भानु–६ को भगवती आमा समूह, भानु–८ को बेनी बगर दलित महिला समूह, भानु–१० का ऋषि परियार समूह र भानु–१२ घलेछाप समूहलाई एक/एक थान पञ्चेबाजा प्रदान गरिएको हो ।

पालिकाले यसअघि पनि तीन समूहलाई पञ्चेबाजा हस्तान्तरण गरिसकेको उपप्रमुख गोतामेले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिका मातहत रहेका १३ वडामध्ये बाँकी पाँचमा पनि क्रमिकरुपमपञ्चेबाजा वितरण गर्दै जाने छौँ ।” अपागङ्ता भएका ५० जनालाई ह्विलचियर, ज्येष्ठ नागरिकका लागि लौरो र हर्लिक्स प्रदान गर्नका लागि आवश्यक सामान खरीद गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, नगरपालिकाभित्र रहेका २६ आरन व्यवसायीलाई आरन पङ्खा वितरण गरिएको नगरपालिकाले जनाएको छ । “आरन सञ्चालनका लागि बाख्राको छाला प्रयोग गरिने भएपनि पछिल्ला समय उक्त छाला पाउन कठिनाइ छ”, नगरप्रमुख आनन्दराज त्रिपाठीले भन्नुभयो, “छालाको अभावमा पेसा नै विस्थापित हुने अवस्थामा पुगेपछि पङ्खा प्रदान गरेका हौँ ।”

वार्षौंदेखि पराम्परागत शैलीबाट व्यवसाय गर्दै आएका व्यक्तिलाई आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउने उद्देश्यले पङ्खा वितरण गरिएको उहाँले बताउनुभयो । आरन राख्नका लागि जस्तापातासमेत माग गरेकाले दुई पाताका दरले उनीहरुलाई जस्तापाता उपलब्ध गराइएको नगरप्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker