तनहुँ प्रहरीद्वारा वृद्धा हत्या आरोपित युवक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय तनहुँले बृद्वाको हत्या आरोपितलाई सार्वजनिक गरेको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी हत्या आरोपित युवलाई चौविस घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो । बृद्धा हत्यामा संलग्न भएको आरोपमा व्यास नगरपालिका-६ निवासी १९ बर्षीय महेन्द्र कुमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आरोपित कुमालले सोही वडा स्थित बुढाको चौतारा नजिकको सार्वजनिक ठाँटीमा मागेर खाँदै आएकी छिमेकी जिल्ला पालुङटार नगरपालिका-७ सतिघाट निवासी मनेना कुमालको हत्या गरेको तनहुँ प्रहरीले जनाएको छ । यही कार्तिक ३० गते साँझ साढे ७ बजेको समयमा बृद्धा महिलाको टाउँकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको स्वीकारेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

मंसिर १ गते अन्दाजी १०:५० को समयमा बृद्धा महिलाको ढुङ्गा प्रहार गरी मृत अवस्थामा रहेको भनि स्थानीयबासीले प्रहरीमा खबर गरेपछि प्रहरी चौकी शिशाघाटबाट गएको प्रहरी सहायक निरीक्षक बासुदेव कुवँरको टोलीले घट्नास्थल सुरक्षित राखेर सहयोग गरेको थियो । तत्काल प्रहरी उपरीक्षक दिनेशराज मैनाली सहितको नौ जनाको खटिई गएको प्रहरी टोलीले घट्नास्थलको सुक्ष्म अनुसन्धान गरेर फर्किएको थियो। घट्नास्थलबाट निज हत्याको आरोपितले लगाएको टोपी बरामद गरेको र उक्त टोपी निजले लगाएको भन्ने खुल्न आएकाले प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले निजलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त टोपी आफ्नो भएको र आफुले बृद्धालाई तीन पटक ढुङ्गाले हानी कर्तव्य गरी हत्या गरेको स्वीकार गरेपछि थप अनुसन्धान थालिएको तनहुँका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान कार्यमा प्रयोग गरिने तालिम प्राप्त कुकुर समेतको प्रयोग गरी प्राराम्भिक अनुसन्धान गरिएकोले अनुसन्धानमा थप सहज भएको उउनले बताए ।

आरोपित युवाले मदिरा सेवन गरेको र मदिराबाट उत्तेजित भई हत्या गरेको हुन सक्ने प्रहरीको प्राराम्भिक अनुसन्धान रहेको छ । प्रहरीले सो अवसरमा साउनदेखि कार्तिकसम्म चार महिनाको अवधिमा गरेका प्रगति बिवरण समेत र्सार्वजनिक गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker