छाब्दी बाराही विद्यालयका ४० जना बालबालिकालाई न्यानो कपडा वितरण

दमौली : तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दी बाराही आधारभूत विद्यालयका ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तथा निवर्तमान संघीय सांसद कलीला खानको सक्रियतामा जद्रायद चैरिटी ह्यूमैनिटेरियन फाउण्डेशनको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा नेकपा एसका जिल्ला कमिटी सदस्य हबीब खानले बालबालिकालाई न्यानो कपडा वितरण गरे। चिसो मौसममा बालबालिकाको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ न्यानो कपडा वितरण गरिएको उनले बताए ।
कार्यक्रममा बालबालिकालाई एक थान ज्याकेट, एक थान स्वेटर, एक थान थर्मकोट, एक थान टोपी, एक थान गलाबन्दी, एक जोर पन्जा, एक जोर मोजा र एक थान सानो कम्बलसहितका सामग्री वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गजेन्द्रराज पन्थले आयोजक संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker