व्यास नगरपालिकामा तत्काल फोहर नउठ्ने

दमौली : तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापनमा समस्या देखिएपछि नगरवासीलाई तत्कालका लागि घरमै फोहर सुरक्षित राख्न आग्रह गरेको छ।

नगरपालिकाले फोहरमैला दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग गरेको भए पनि हालसम्म स्वीकृति प्राप्त हुन सकेको छैन। यसैबीच, हाल प्रयोगमा रहेको व्यवस्थापन स्थलमा खाडल भरिएकाले फोहर व्यवस्थापनमा समस्या उत्पन्न भएको नगरपालिकाले जनाएको छ।

वैकल्पिक स्थानको खोजी कार्य तीव्र रूपमा भइरहे पनि तत्काल व्यवस्थापनको व्यवस्था हुन नसकेको अवस्थामा नगरपालिकाले अत्यावश्यक सार्वजनिक सूचना जारी गर्दै फोहर नउठ्ने जनाएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले वैकल्पिक स्थान सुनिश्चित नभएसम्म प्रत्येक घरधुरीले आफूले उत्पादन गरेको फोहर आफ्नै घर वा कम्पाउण्डभित्र सुरक्षित राख्न आग्रह गरेका छन्। साथै, सडक तथा सार्वजनिक स्थलमा जथाभावी फोहर नफाल्न पनि अनुरोध गरिएको छ।

नगरपालिकाले यो असहज परिस्थितिमा नगरवासीबाट सकारात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker