रामचन्द्र पौडेलको काँधमा मतदाताको १२ किलोको माला र हातमा १२ बुँदे मागपत्र

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका नेता तथा तनहुँ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलको काँधमा मतदाताले १२ किलोको माला लगाएर १२ बुँदे मागपत्र थमाएका छन् ।

भानु नगरपालिका-१२ को अर्चले गाउँमा भोट माग्दै पुगेका पौडेललाई स्थानीयले विहीबार १२ किलोको सयपत्री फूलका माला लगाएर गाउँका समस्या र आवश्यकाताका १२ बुँदे मागपत्र थमाएको वडा अध्यक्ष बेलबहादुर अधिकारीले बताए ।

मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिएसंग नेता पौडेलले घर दैलो अभियानलाई तीब्रता दिंदै मतदाताको घरदैलोमा पुगेका छन् ।

भानु १२ मा कम्तिमा पनि १२०० को मतको अन्तरले अग्रता लिनु भन्ने शुभकामनासहित १२ बुँदे विकासका माग राखेर पौडेललाई १२ किलोको मालाले स्वागत गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

स्थानीयले १२ नम्बर वडामा रहेका पाँचवटा कच्चि सडकलाई तत्काल कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने, स्थानीय कर्स्याङ्दी खोलामा ड्याम बाँधेर कृतिम जलासय निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

यस्तै, गाउँमा कोल्डस्टेर निर्माण, १० बेड क्षमताको अस्पताल, मिर्लुङकोट क्षेत्रमा आवश्यक पर्ूवाधार तयार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने, वडामा प्राविधिक शिक्षालय सञ्चालन गर्नुपर्ने, अर्चले गाउँलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने, बाँझिदै गएका खेतीयोग्य जमिनलाई पुनः खेती गर्ने वातावरण बनाउनुपर्ने, चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका मागहरु स्थानीयले पौडेलको हातमा थमाएका छन् ।

भानु नगरपालिका कांग्रेसकै पूर्व नेता तथा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको क्षेत्र हो । तनहुँ १ मा पौडेल र जोशी तथा नेकपा एमालेका एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker