जीपी कोइराला अस्पताललाई ८ अर्ब ३५ करोड विनियोजन

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी-५, झरौटामा अवस्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको भवन निर्माणका लागि प्रस्तावित लागत रकम नियमित रुपमा विनियोजन भएको पाइएको छ । कात्तिकको तेस्रो साता केही सञ्चारमाध्यममा कांग्रेस नेताको पहलमा ८ अर्ब रुपैयाँ विनियोजन भई ठेक्का प्रक्रिया अघि बढेको भन्दै प्रचार गरिएको थियो ।

अस्पताल सञ्चालक समितिको लामो समयदेखिको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले अस्पतालको पूर्वाधार निर्माणको लागि मोटामाटी रकम र समय र्सार्वजनिक गरेको हो ।

विभागले जीपी कोइराला अस्पतालसँगै देशभरका १२ वटा विभिन्न अस्पतालको भौतिक पूर्वाधार निर्माण गर्ने योजना बनाएको हो । गण्डकीमा जीपीसँगै पोखराको प्राकृतिक तथा अन्य वैकल्पिक चिकित्सा विधिसहितको १ सय शैय्याको आयुर्वेद अस्पताल निर्माण गर्ने उल्लेख छ । जीपीको प्रस्तावित कुल लागत ८ अर्ब ३५ करोड रुपैया छ भने पोखराको आयुर्वेद अस्पतालको ५८ करोड ५० लाख रुपैयाँ छ ।

जीपी अस्पतालको गुरुयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैया विनियोजन गरिएको छ । ‘अस्पतालको बोर्डले २०७५ सालमै समग्र पूर्वाधारको लागि स्वास्थ्य जनसंख्या मन्त्रालयमा गुरुयोजना पेश गरेको थियो,’ अस्पतालका एक बोर्ड सदस्य भन्छन, ‘हामी पटक पटक मन्त्रालय गयौं र पहल गर्‍यौं । त्यसैको फलस्वरुप अहिले गुरुयोजना बनाउन बजेट परेको थाहा पाएका छौं ।’

अस्पताल स्रोतका अनुसार नेपाली कांग्रेसको नेतृत्व हुँदा अस्पतालबारे कुनै चासो नै दिइएको छैन, नेतृत्व संवेदनशिल छैन ।’ अहिले पनि कुनै नेताले जादुको भरमा बजेट पारे भनेर बाहिर ल्याइएको छ । बोर्डले पेश गरेका योजना अनुसार अहिलेको कार्यक्रम आएको हो ।

जीपी अस्पतालले भने विनियोजित बजेटबारे अस्पतालमा कुनै आधिकारिक जानकारी हालसम्म नआएको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले पूर्वाधार निर्माणको सबै जिम्मा शहरी विकास तथा भवन निर्माण विभागले गर्ने भएकाले आफूहरुलाई कुनै आधिकारिक जानकारी नआएको प्रष्ट पारे । ‘हामीले सुने अनुसार गुरुयोजना निर्माणकोलागि टेण्डर समेत भइसकेको छ’, उनले भने, ‘कसल्टेन्ट छनौट भएपछि मात्र हाम्रो अस्पतालसँगको काम जोडिने होला ।

माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा वि.स. २०६७ सालमा पूर्व प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय स्तरकै श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । अस्पताल निर्माणकोलागि उपयुक्त स्थान यस ठाउँमा मिलेपछि समुदायस्तरबाट सञ्चालित सेती गंगा सामुदायिक अस्पताललाई २०७२ श्रावणदेखि जीपीको नामबाट स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेती गंगाको २ सय रोपनी जग्गामा ५ सय थप गरी हाल ७ सय रोपनी जग्गा जीपीको नाममा छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker