स्कुटर दुर्घटनामा छोराको मृत्यु, बुवा घाइते

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा भएको स्कुटर दुर्घटना एकजनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन् ।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिदा स्कुटर चालक आसिकबाबु नरालको मृत्युु भएको तनहुँ प्रहरीले जनाएको छ ।

चालक गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने बर्ष २२ का नरालको निधारमा काटेको, पेटमा दधारेको, बायाँ घुडामा काटेको अवस्थामा प्रदेश अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

यस्तै, उक्त दुर्घटनामा स्कुटर पछाडी सवार ४७ वर्षीय कृष्ण प्रसाद नराल सामान्य घाइते रहेको बताइएको छ । घाइते र मृतक बाबुछोरा रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker