एमाले म्याग्दे पालिका सभादलको नेतामा श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/म्याग्दे

नेपाल कम्युनिष्ठ पार्टी (एमाले) म्याग्दे गाउँपालिका सभादलको नेतामा श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् । निर्वाचित जनप्रतिनिधि मध्ये ज्येष्ठ सदस्य टुकराज अधिकारीको अध्यक्षतामा बसेको पालिका सभादलबाट श्रेष्ठ दलको नेतामा चयन भएका हुन् ।

निर्वाचित जनप्रतिनिधिको सभाबाट उपनेतामा टुकराज अधिकारी, प्रमुख सचेतकमा मणिभद्र वाग्ले, सचेतकमा सुनिता नेपाली, सचिवमा वसन्त कुमार श्रेष्ठ चयन भएका छन् । म्याग्दे गाँउपालिकामा नेकपा एमालेको तर्फाट १५ जना जनप्रतिनिधिको प्रतिनिधित्व रहेको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकवहादुर रानाले जनमुखी काम गर्न निर्देशन दिएका थिए । जनताको सेवा प्रवाह र विकास निर्माणमा नेकपा एमालेको जनप्रतिनिधीले अगुवाई गर्नुपर्ने बताउँदै उनले चुनावमा गरेको वाचालाई आत्मासात गरेर नै जनताको सेवामा लाग्नलाई समेत उनले सचेत गराए ।

नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनताको विश्वास नगुम्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रो उद्देश्य समृद्ध म्याग्दे गाउँपालिका निर्माण गर्नु हो । यसका लागि जनताको साथ समर्थन लिएर नमुना गाउँपालिका बनाउने आफ्नो सपना रहेको बताए ।

भष्ट्राचार मुक्त र शुसासन युक्त शासन प्रणाली आफनो अभिष्ट भएको हुँदा अविचलित रुपमा जनताको काम गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले जुन विश्वासका साथ जनताले आफुलाई निर्वाचित गरेका छन् त्यो विश्वास गुम्न नदिने प्रतिवद्धता जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker