२४ घण्टाभित्र फोहर उठाउन राष्ट्रिय युवासंघको चेतावनी

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय युवा संघ व्यास नगर कमिटीले दमौली बजार क्षेत्रको फोहर २४ घण्टाभित्र उठाउन नगरपालिकालाई आग्रह गरेको छ । संघले बुधबार उपप्रमुख इन्दिरा दरैलाई ध्यानाकर्षण पत्र बुझाउँदै २४ घण्टाभित्र फोहर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

उक्त अवधिभित्र फोहर नउठाए नगरपालिकाको कार्यालय हातामा ल्याएर फोहर फालिदिने संघले चेतावनी दिएको छ । नगर कमिटीका अध्यक्ष अजित पन्थले नगरपालिका आफ्नो जिम्मेबारी पूरा गर्नुपर्ने बताए । उनले भने, ‘संविधानले दिएको जिम्मेबारी र नगरवासीप्रतिको आम दायित्व बोध गर्दै बजार क्षेत्रमा थुप्रिएका फोहोर मैला २४ घण्टा भित्र व्यवस्थापन गर्न अनुरोध गर्दछौं । यदि अनुरोधलाई वेवास्ता गरिए आम बजारबासीको सहयोगमा बजार क्षेत्रका फोहोर उठाएर नगरपालिकाको कम्पाउन्ड भित्र ल्याएर फाल्ने चेतावनी दिन चाहन्छौ।’

उनले यसै आर्थिक वर्षभत्र ल्याण्डफिल्ड साइडको स्थायी व्यवस्था वा सरसफाई केन्द्र स्थापना गर्न ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले गत माघ २ गतेदेखि बजार क्षेत्रबाट फोहर उठाएको छैन । अति आवश्यक सेवालाई १२ घण्टा अगाडी सुचना प्रकाशन नगरी रोक्न नमिल्ने नियमलाई उल्लङ्घन गरी फोहोर उठाउन छोड्न नमिल्ने पन्थले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker