पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको पुष्टि गरेका छन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ पक्राउ गरिएको हो ।

नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग रातभर निरन्तर छलफल गरेका थिए ।

प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो । मध्यराति कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई नक्सालस्थित प्रहरी मुख्यालयमा बोलाइएको थियो । मध्यरातसम्म सहमति नजुटेपछि कानुनसचिव ढुंगानालाई पनि प्रहरी मुख्यालय बोलाइएको थियो । उनले त्यहाँबाट निस्किएर लिखित आदेश तयार पारेपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै लेखकसहित सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको हो ।

गत २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो । सोही आधारमा एमाले अध्यक्ष ओलीविरुद्ध समेत पक्राउ पुर्जी जारी भइसकेको जनाइएको छ ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँका कारण ज्यान लिएको कसुरमा कारबाही सिफारिस गरिएको आयोगले उल्लेख गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker