कोदो रोपाई

तनहुँको भानु नगरपालिका–१३ बाँकेपसलका किसानहरु पाखोबारीमा मकै खेती थन्काएसंगै कोदोको विऊ रोप्दै। पुरुषले खनजोत गरी महिलाले कोदोको विऊ रोप्ने परम्परागत प्रचलन रहेपनि पछिल्ला केही वर्षयता गाउँमा युवा जनशक्ति नहुँदा मिनी ट्रिलरले बारी जोतेर कोदोको विऊ रोप्न थालिएको छ । कोदो खेतीका लागि युवा श्रमशक्तिको आवश्यकता पर्ने तर युवाहरु रोजगारी तथा अन्य कारणले बजार केन्द्रित हुँदा ग्रामीण क्षेत्रको प्रमुख बालिका रुपमा रहेको कोदो खेती र क्षेत्रफल घट्दै गएको छ । तस्विर : भञ्ज्याङ










