पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको रिमाल्नीमा छ सवारीसाधन ठोक्किदा चार जना घाइते

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा बुधबार दिउँसो छ सवारीसाधन ठक्कर खॉदा चार जना घाइते भएका छन् । राजमार्गमा ट्रक, बस, माइक्रो र बोलेरो ठक्कर खॉदा चार जना घाइते भएका हुन् ।

दमौली तर्फबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सोही दिशा तर्फ जाँदै गरेको ग ३ ख १३९० न.को ट्रकलाई ठक्कर दिई बस अनियन्त्रित हुँदा सोही दिशामा जादै गरेको ग ३ च ८३९० न.को बलेरोलाई ठक्कर दिएको थियो ।

उक्त बोलेरो गाडीले सोही दिशामा जादै गरेको ग १ ख ९५६१ नम्बरको बसलाई ठक्कर लाग्न गई उक्त बसले ना १ च ८४३४ न.को बलेरो, उक्त बलेरोले ना २ ख ३७८९ न.को हाइसलाई ठक्कर दिएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

घाइते हुनेहरुमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका-७ बस्ने २४ वर्षीय नवराज गोले, सवार बागलुङ काठेखोला गाउँपालिका-५ बस्ने ५९ वर्षीय देवीलाल कंडेल, सोही ठाउँ बस्ने ४९ वर्षीया विमला कंडेल र सहचालक रौतहट गजुरा नगरपालिका-५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् ।

घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker