श्रीमतीले ढुंगाले हिर्काउँदा युवकको मृत्यु

तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै आएक उनीहरुबीच बुधबार राति विवाद भएको थियो ।

सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker