बन्दीपुर -४ विमलनगरस्थित सिद्धगुफामा पर्यटकीय पूर्वाधार बनाइदै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन लागेको हो ।

नवप्रवर्तन कार्यक्रमका लागि प्रदेश सरकारसँग सम्झौता भएपछि निर्माण कार्य अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाँडै नै बोलपत्र आहृवान गर्ने तयारी छ ।” मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता भएको अध्यक्ष थापाले बताउनुभयो ।

सिद्धगुफाको विकासका लागि नवप्रवतन साझेदारी कोषअन्तर्गत कूल लागत रु एक करोड चार लाख रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले रु ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले रु २८ लाख ९५ हजार लगानी गर्नेछ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका एक सय नयाँ पर्यटकीयस्थल मध्ये सिद्धगुफा पनि एक हो । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुइ किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६ सय मिटरमाथि विमलनगरको दक्षिणी भागमा पर्दछ ।

विसं २०४४ मा उक्त गुफा पत्ता लागेको हो । सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाका पैसा, माटोको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, टेराकोटाको शुल्पालगायत वस्तु त्यहाँ भेटिएका थिए । झण्डै आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका विभिन्न आकृति भेटिन्छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker