ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी आँखा परीक्षण शिविर : १२ सय बढीले लिए सेवा

डिपि अधिकारी/भानु

तनहुँको भानु नगरपालिकाले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरी आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । घरदैलोमै सहज रुपमा आँखाको रोग परीक्षण सेवा प्रदान गर्ने लक्ष्यका साथ नगरपालिकाले तीन दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो।

नगरपालिकाको वडा नं. २ नारेश्वरटार स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित शिबिरमा एक हजार दुइ सय बढीको आँखा परीक्षण गरिएको थियो । उक्त शिविरमा आँखा परीक्षण गर्न आएका मध्ये एक सय ५८ जनाको मोतिया बिन्दुको अप्रेसन गरिएको भानु स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक सुभास रेग्मीले जानकारी गराए ।

शनिबारदेखि सञ्चालित तीन दिने शिविरमा भानु-१३ चन्द्राबती बजारमा ८३ जना, वडा नं. ९ को बाइसजाँगरमा १ सय ३१ र वडा नं. २ नारेश्वरटार स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा एक हजार एक जना गरी एक हजार २१५ जनाको आँखा परीक्षण गरिएको उलने बताए।

उक्त शिविरमा नेत्र विशेषज्ञा डा. रन्जित कुमार साह सहितको टोलीले बिरामीको अप्रेसन गरेको थियो । सो अवसरमा तीन सय पचास जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ । बिरामीका लागि चाहिने औषधी, खाना र बस्नको समेत निःशुल्क व्यवस्था मिलाइएको नगरपालिकाकी उपप्रमुख उमा गोतामेले बताइन ।

भानु नगरपालिकाको कार्यालय, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ र आधारभूत स्वास्थ्य केन्द्र भानु २ नारेश्वरटारको संयुक्त आयोजना र डाक फाउन्डेशन पाटनर्स फर इक्युटिको आर्थिक सहयोगमा मोतियाबिन्दुको अप्रेशन सहितको निःशुल्क आँखा शिबिर सञ्चालन गरिएको प्रचारप्रसार समितिका संयोजक भक्तबहादुर कुँवरले बताए ।

शिबिरमा निःशुल्क मोतिया बिन्दुको अप्रेसन सहितको तीन दिने आँखा शिविरमा तनहुँसहित छिमेकी जिल्ला लमजुङ, गोरखा जिल्लाका बासिन्दाहरुले समेत सेवा लिएका थिए । शिबिरमा उपचारका लागि टाढाबाट आउने नागरिकका लागि निःशुल्क बसको व्यवस्था गरी सेवा प्रवाह गरिएको भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।

नगरप्रमुख त्रिपाठीले नगरबासीको स्वस्थ्यलाई ध्यान दिँदै आगामी दिनहरुमा पनि विभिन्न रोगको उपचारका लागि विशेषज्ञ सहितको टोलीलाई गाउँघरमै बोलाएर परीक्षण र उपचार गराउने योजनाका साथ कार्यक्रमहरु तय गरिएको बताए । आँखा रोग बिशेषज्ञबाट घरदैलोमा उपचार गराउन पाउँदा नगरबासी र छिमेकी जिल्लाका नागरिकहरु खुशी हुँदै घर फर्किएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker