भानु नगरपालिकाका सामुदायिक विद्यालयमा विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइने

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाका सामुदायिक विद्यालयहरुमा विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाउने कार्यतालिका बनाइएको छ ।

नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको आइतबार बसेको बैठकले आगामि भदौ २९ गते राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप तीनवटा केन्द्रमा तहगत रुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको उक्त बैठकले माध्यमिक तह (कक्षा ९-१२) का लागि हाजिरीजवाफ प्रतियोगिता, आधारभूत तह (कक्षा ६-८) का लागि गायन तथा नृत्य प्रतियोगिता, आधारभूत तह (कक्षा ४-५) का लागि चित्रकला प्रतियोगिता र आधारभूत तह (कक्षा १-३) का लागि म्यूजिकल चियर लगायतका क्रियाकलाप गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।

प्रध्यापकहरुको नियमित बैठकले भानु नगरपालिकामा विद्यालयस्तरीय प्रथम त्रैमासिक परीक्षा शैक्षिक क्यालेण्डर बमोजिम यहि मिति २०८० भदौ ११ गतेबाट १९ गतेसम्म सञ्चालन गर्ने र यसका लागि नगरस्तरीय परीक्षा समितिको संयोजनमा सबै कक्षामा एउटै प्रकारको स्तरयुक्त प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिने भएको छ ।

शिक्षक/कर्मचारीको परिचयपत्रका लागि आवश्यक फोटो सहितको विवरण बुझाउन बाँकी विद्यालयले यथाशीघ्र शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्ने, असोज २ गते मनाइने राष्ट्रिय शिक्षा दिवस समारोहमा भानु नगर शिक्षा समितिले गरेको निर्णय अनुसार उत्कृष्ट शिक्षक, विद्यार्थी, विव्यस/शिअसंघ अध्यक्ष, प्रअ, विद्यालय कर्मचारी, सका, कर्मचारी लगायत सरोकारवालाहरूलाई सम्मान गर्नका लागि आवश्यक तयारी गर्ने बैठकले निर्णय गरेको शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।

यस्तै, बृहत् शैक्षिक सामग्री प्रदर्शनी र अन्तर विद्यालय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता हिउँदे बिदा शुरूहुनु अघि उपयुक्त समयमा सञ्चालन गर्ने निर्णय गरिएको बैठकमा प्रधानायपक बैठकमा चालू आ.व. २०८०/०८१ मा भानु नगरपालिकाको आन्तरिक स्रोतबाट स्वीकृत कार्यक्रम र विनियोजित बजेटका बारेमा जानकारी गराइएको थियो ।

नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित उक्त बैठकमा नगर शिक्षा अधिकारी पौडेलले बैठकको एजेण्डा र विषयवस्तुको सहजिकरण गरेका थिए । बैठकमा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, शिक्षा अधिकृत सरस्वती गुरूङ ढकाल, प्रधानाध्यापकहरू र शिक्षकका पेशागत संगठनका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker