व्यास नगरपालिकाले माग्यो नीजि विद्यालयले वितरण गरेको छात्रवृत्ति विवरण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नीजि विद्यालयले वितरण गरेको छात्रवृत्ति विवरण मागेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै संस्थागत विद्यालयलाई पत्र लेखेर विद्यार्थीलाई छात्रवृत्ति दिएको विवरण जानकारी गराउन निर्देशन दिएको हो ।
नगरपालिकाले शैक्षिक सत्र २०७९ मा भर्ना भई अध्ययनरत विद्यार्थीलाई नगर शिक्षा नियमावली, २०७६ को परिच्छेद १० मा उल्लेखित व्यवस्था अनुसार छात्रवृत्ति सुविधा प्राप्त गर्ने विद्यार्थीको नामावली असार ७ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।










