एनप्याब्सन तनहुँद्वारा दमौलीमा अन्तर विद्यालय नृत्य प्रतियोगिता गरिदै
भञ्ज्याङ समाचारदाता/दमौली

एनप्याब्सन तनहुँले दमौलीमा अन्तर विद्यालय नृत्य प्रतियोगिता गर्ने भएको छ । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित शनिबार अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु १६ हजार, रु १२ हजार र रु आठ हजार प्रदान गरिने एनप्याब्सनका अध्यक्ष रामकृष्ण विकले जानकारी दिए । त्यस्तै सान्त्वना हुने तीन वटा विद्यालयलाई रु तीन हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
प्रथम र द्वितीय हुने विद्यालयले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछ । सोही अवसरमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु चार हजार, रु तीन हजार र रु दुइ हजार तथा सान्त्वना हुने विद्यालयलाई रु एक हजार प्रदान गरिनेछ । प्रथम र द्वितीय हुने विद्यालयले पनि प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछ ।










