बैंकिङ कसुरमा जरिवाना तोकिएका विक पक्राउ

दमौली । बैंकिङ कसुर मुद्धामा उच्च अदालत पोखराबाट जरिवाना फैसला भई फरार रहेका तनहुँका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने ४९ वर्षीय गोपीराम विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
बैंकिङ कसुर मुद्धामा उच्च अदालत पोखराको विसं २०७९ असार १३ गतेको फैसला बमोजिम रु नौ लाख ४९ हजार जरिवाना तोकिएका उनी उक्त रकम भुक्तान नगरी फरार रहेका थिए । प्रहरीले निजलाई मंगलबार दिउँसो पक्राउ गरी जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत उपस्थित गराएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
विभिन्न अपराध एवं मुद्धाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker