गोरखाली समाज तनहुँमा श्रेष्ठ चयन

- भञ्ज्याङ समाचारदाता (दमौली)
गोरखाली समाज तनहुँको पाँचौ साधारण सभाले शम्भुलाल श्रेष्ठलाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरेको छ । श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिव एस.बि. नेपाली, सहसचिव अन्जु पन्त, कोषाध्यक्ष गुञ्जमान कोइराला चयन भएका छन् । समाजको सदस्यहरुमा चन्द्रमाया गुरुङ, शिव कुमार श्रेष्ठ, नविन वस्ती, रनिल रोका, हिरा घले र साजन मग्राती चयन भएका छन् ।
समाजको सल्लाहकारमा चेतनाथ अधिकारी, रेवत शाह, याम बहादुर थापा, माधव बहादुर पन्त, नारायण प्रसाद अधिकारी, भोज बहादुर थापा मगर, झनक नारायण श्रेष्ठ, सावित्री श्रेष्ठ र अम्मर भण्डारी चयन भएका छन् ।
उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विश्व प्रकाश रेग्मीले गोरखामा घरभइ हाल पेशा व्यवसायको सिलसिलामा तनहुँमा आएर संस्था गठन गरेर गोरखालीलाई समेट्ने कार्य प्रशंसानीय भएको बताए ।
समाजका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित साधारसभामा स्याङ्जा सम्पर्क सदनका अध्यक्ष नारायण सापकोटा, समाजका उपाध्यक्ष झनक नारायण श्रेष्ठ, सल्लाहकार अम्मर भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










