तनहुँ प्रशासनको बार अनुसार सेवा (कुन पालिकालाई कुन बार ? सूची सहित)
भञ्ज्याङ न्यूज

कोरोना संक्रमण दैनिक बैढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका पालिकाका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्ने भएको छ ।
कार्यालयमा सेवा लिन खोपकार्ड अनिवार्यको व्यवस्था गरिएपनि सेवाग्राहीको भीड कम नभएपछि कार्यालयबाट प्रदान गर्ने सेवा आलोपालो गर्नका लागि बार अनुसारको व्यवस्था गरिएको जनाइएको छ ।
कार्यालयले माघ १२ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहका सेवाग्राहीलाई बार अनुसारको सेवा दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
सेवा प्रवाह हुने सूची
प्रशासन कार्यालयका अनुसार आइतबार, मंगलबार र बिहीबार व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिकालाई सेवा प्रवाह गर्ने भएको छ ।यस्तै, सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकालाई सेवा प्रवाह गर्ने जनाएको छ ।










