माघे सक्रान्तीको अवसरमा बन्दिपुरको कुकुर्दिमा गोरु जुधाइने

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-२ को कुकुर्दिमा माघे सक्रान्ती अर्थात माघ १ गते गोरु जुधाइने भएको छ । नेपालीहरुको मुख्य पर्वको रुपमा लिइने माघे सक्रान्ती पर्वको अवसरमा माघे सक्रान्ती मेलामा पालिका भित्रका किसानले पालेका गोरु जुधाइने भएको छ ।

बन्दिपुर-२ को नारायण-गोपाल युवा क्लवले कुकुर्दिमा बर्सेनि गोरु जुधाई प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद १५ हजार पाउने छन् । भने दोस्रो हुने गोरुका धनीले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउने क्लवका अध्यक्ष उज्वल गुरुङले बताए ।

माघे सक्रान्ती पर्वको अवसरमा क्लवले आमा समुहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिंगोबाट भाले टिपाइ प्रतियोगिता र खुल्ला तर्फ घैंटो फुटाइ प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम गरिने क्लवले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker