भानुको होरालो विद्यालयकी रञ्जिलाले ल्याइन् ४ जीपीए

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तनहुँबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएकी छन् । भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकी रञ्जिला क्षेत्रीले ४ जीपीए ल्याएकी हुन् ।

जिल्लामै ४ जीपीए ल्याउने रञ्जिला मात्र एक हुन् । यो विद्यालयबाट ७२ जनाले परीक्षा दिएकोमा २० जना पास भएका छन् ।

परीक्षामा सहभागि ११९ सामुदायिक र ५१ संस्थागत गरी १७० वटा विद्यालयका ५ हजार ३८४ जना विद्यार्थीमध्ये ४२ प्रतिशत पास भएका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्दव कट्टेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker