देवघाटको वृद्धाश्रममा फलफूल वितरण

देवघाट मल्टिमिडिया प्रालिद्वारा सन्चालित देवघाट अनलाइन डटकमको प्रथम स्थापना दिवसको अवसरमा बुधबार देवघाट गाउँपालिका-५ स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा फलफूल वितरण तथा वृद्धवृद्धालाई बिहानको भोजनको कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले स्थानीय क्षेत्रबाट सन्चालित देवघाट अनलाइनले स्थापना दिवसको अवसरमा बृद्धाश्रममा भोजनको व्यवस्था गरेर स्वागतयोग्य काम गरेको बताए ।

उनले स्थानीय स्तरमा हुने जुनसुकै घटनाको सत्य तथ्य समाचार सम्प्रेषण गरी देवघाटबासीलाई सूचना प्रवाह गर्न देवघाट अनलाईनलाई वडा अध्यक्ष कुँवरले अनुरोध गरे । वडा सदस्य बुद्धिबहादुर पाण्डेले देवघाट अनलाइनले स्थापना दिवसको अवसरमा स्वागतयोग्य र सकारात्मक काम गरेको बताए ।

देवघाट अनलाइनका अध्यक्ष प्रकाशचन्द्र भट्टराइले अनलाइनको प्रथम स्थापना दिवसको अवसरमा वृद्धाश्रममा उपस्थित भएर वृद्ध बुबा आमा हरुलाई फलफूल तथा भोजनको व्यवस्थापन गर्न पाउँदा गर्व महसुस भएको बताए । देवघाट स्थित उक्त बृद्धाश्रम सन्चालनको लागि राज्यको तर्फाट कुनै सहयोग नभएको र दाताको भरमा बृद्धाश्रम सन्चालन गर्नु परेको अवस्थाको कारण आफुहरुले स्थापना दिवसको कार्यक्रम पनि बृद्धाश्रममा मनाईएको भट्टराइले बताए ।

कार्यक्रममा देवघाट अनलाइनको तर्फबाट कार्यक्रममा अतिथि तथा सन्चारकर्मीहरुले बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेका थिए भने अनलाईनका अध्यक्ष भट्टराइले विहानको एक छाक भोजन व्यवस्थापनको लागि व्यवस्थापक दिलमाया सापकोटालाई नगद हस्तान्तरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker