तनहुँमा स्वास्थ्य मापडण्ड पुरा नगरी हिड्ने १६० व्यक्ति तथा सवारी साधन कारवाहीमा

जिल्ला प्रहरी कार्यालय तनहुँले कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि तनहुँ प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरी हिड्नेलाई कारावही गर्न थालेको छ ।

तनहुँ प्रहरीले निषेधाज्ञाको पालना नगरी अनावश्यक रुपमा हिडडुल गर्नेलाई जरिवाना सहित कारवाही गर्न थालेको छ । प्रहरीले शुक्रबासम्म १६० जना व्यक्ति र सवारी साधनहरु जिल्लाका बिभिन्न स्थानबाट होल्ड गरी कारवाही गरेको छ ।

त्यस्तै, प्रहरीले कारवाहीमा परेकाहरुलाई निषेधाज्ञा एवं कोरोना भाईरस रोगबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पालना गर्न सम्झाई बुझाई गरी करिब २ घन्टा होल्ड गरी छाडेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताएका छन् ।

यस्तै, स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्डुल गर्ने, सवारी चलाउने ९८ जना व्यक्तिहरुलाई १०० रुपैयाँका दरले जरिवाना गर्दा ९ हजार ८०० रुपैयाँ संकलन गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker