दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । हैरान्स क्लवले व्यास नगरपालिका-३ मा सोमबारदेखि प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

खेलमार्फत् पर्यटन प्रबर्द्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रविन पौडेलले बताए । पछिल्लो समय जिल्लामा बास्केटबल खेलतर्फ आकर्षण बढ्न थालेकाले विद्यालय स्तरदेखि नै विद्यार्थीलाई बास्केटबलप्रति रुची बढाउन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगिताको शुभारम्भ गर्दै व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले बास्केटबलको राम्रो सम्भावना रहेकाले अनुशासित भई कला प्रदर्शन गर्न आग्रह गरे । श्रेष्ठले बास्केटबल खेल विकासका लागि नगरपालिकाका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

क्लवका सल्लाहकार एवं वडा सदस्य सुरेश वाग्लेले बास्केटबलको सम्भावना भएकाले केही समय अगाडी मात्रै व्यास नगरपालिकाले राष्ट्रपति रनिङशिल्डमा बास्केटबल खेललाई समावेश गरेको बताए ।

मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ आठ र छात्रातर्फ छ विद्यालयको सहभागिता रहेका छन् । प्रतियोगिताको पहिलो दिन दश खेल सम्पन्न गरिएको छ । छात्रतर्फ छ र छात्रातर्फ चार खेल सम्पन्न भएको खेल संयोजक उज्ज्वल भट्टराइले बताए ।

छात्रतर्फ सत्यवती मावि र निर्मल माविबीच भएको खेलमा सत्यवती, बाराही कलेज र पराशर कलेजबीच भएको खेलमा बाराही, कन्काई एकेडेमी र आदिकवि भानुभक्त क्याम्पसबीच भएको खेलमा आदिकवि, सत्यवती मावि र दमौली कलेजबीच भएको खेलमा सत्यवती, व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ, व्यास बोर्डिङ र दमौली कलेजबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएका छन् ।

छात्रातर्फ पराशर कलेज र दमौली कलेजबीच भएको खेलमा पराशर, सत्यवती मावि र बाराही कलेजबीच भएको खेलमा सत्यवती, बाराही कलेज र व्यास बोर्डिङबीच भएको खेलमा बाराही र व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा छात्रतर्फ आठ र छात्रातर्फ छ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङशिल्ड ट्रफीबाट पुरस्कृत गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker