तनहुँसुर र सेरोफेरो पुस्तक सार्वजानिक

ऐतिहासिकस्थल तनहुँसुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको पुस्तक तनहुँसुर र सेरोफेरो पुस्तक सार्वजानिक भएको छ । लेखक देव बस्न्यातद्वारा सङ्कलित र लिलामान सिंह बस्न्यात स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको शनिबार समाजसेवी एक सय वर्षीय भीमबहादुर बस्नेतले विमोचन गर्नुभएको हो ।

तनहुँसुरका सेनवंशीय राजाहरुको वंशावली, उनीहरुले मान्दै आएका धार्मिक सांस्कृतिक पर्यटनस्थलको विकासमा हामीले निर्वाह गर्नुपर्ने भूमिका, तनहुँ जिल्लाका साहित्यकारबाट प्रकाशित कृतिहरु र अन्य विविध विषयका सम्बन्धित घटनाहरुलाई आधार मानेर लेखिएका लेख तथा रचनाहरु सङ्गालेर पुस्तक लेखिएको बस्न्यातले जानकारी दिनुभयो ।

“पत्रपत्रिकाहरुमा प्रकाशित लेखहरुमध्येको एउटा सङ्गालोको परिणती हो तनहुँसुर र सेरोफेरो । पुस्तक लेखन तथा प्रकाशनका विषयमा एकल प्रयासबाट सम्पन्न गर्ने प्रयास गरेको हो,” उहाँले भन्नुभयो । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइसकेका रचनाहरुलाई सङ्कलित गरेर तनहुँसुरको नालीबेली समेटिएको तनहुँसुर सेरोफेरो पुस्तक प्रकाशन सम्भव भएको लेखक बस्न्यातले बताउनुभयो ।

तनहुँसुर र यसको सेरोफेरोको सामाजिक, धार्मिक र पर्यटकीय स्थानको अध्ययन–अनुसन्धानमा खटिने विद्यार्थीहरुका लागि पनि यो कृति सहायक सिद्ध हुने विश्वास गरिएको लिलामानसिंह बस्न्यात स्मृति प्रतिष्ठानका संरक्षक रामचन्द्र बस्न्यातले बताउनुभयो ।

पुस्तकमा ऐतिहासिक सेनकालीन जिल्लाका मठमन्दिर र चाडपर्वहरुका विषयहरु पनि समेट्ने प्रयास गरिएको छ । पुस्तकमा जिल्लाको ऐतिहासिक परिचय, तनहुँको ढुकुटी घर र राजा कामारीदत्त सेनबीचको अन्तर सम्बन्ध, दसैँ परिचय र दुर्गोत्सव पर्वको आरम्भता, तनहुँसुर दरबारको दुर्गोत्सव पर्वको तयारीका प्रथम प्रयासहरु, तनहुँसुर कालिकामाई मन्दिरमा गरिने फूलपाती शोभायात्रा, तनहुँसुरको जारकोटे ढुङ्गा, तनहुँसुर खड्गदेवी, लोपको सङ्घारमा तनहुँसुरको देवी नाच, तनहुँसुरका महत्वपूर्ण स्थानहरु लगायतका विषय समेटिएका छन् ।

लेखक बस्न्यातले यसअघि दमौली महात्म्य पुस्तक पनि प्रकाशन गरिसक्नुभएको छ भने व्यास बोली, श्रीपाली बस्न्यात परिचय, गलेखामकोट र सेरोफेरो, मिर्लुङकोट र सेरोफेरो पुस्तक प्रकाशोन्मुख रहेको छ ।

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker