संस्थागत स्वमूल्याङ्कनमा आँवुखैरेनीले पायो ९३.२५ अंक

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँवुखैरेनी गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.२५ अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ७३.५ अंक प्राप्त गरेको गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ९३.२५ अंक प्राप्त गरेको हो ।

स्थानीय तह क्षमता विकास स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार गाउँपालिकाले कूल १०० अंकमा ९३.२५ अंक प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा स्थानीय तहको स्वमूल्याङ्कन गर्ने गर्दछ ।

गाउँपालिकाको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह लगायतका सूचकलाई आधार मानेर गाउँपालिकाको स्वमूल्याङ्कन गरिएको शर्माले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker