अपाङ्गता भएका म्याग्देका सुजनलाई घरमै पुगेर नागरिकता प्रदान

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मंगलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सुजनलाई उपलब्ध गराइएको नेपाली नागरिकताको प्रमाणपत्र निजका बुबा सुरेन्द्र रानाभाटलाई प्रदान गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएपछि सबै कागजपत्र मिलाएर घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी थापाले भने, “नागरिकहरुलाई छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, उहाँ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौ ।”
प्रमुख जिल्ला अधिकारी थापाले यस्ता कार्यले उहाँहरुको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास भएर जाने उल्लेख गरे ।
विसं २०६३ पुस १० गते जन्मिनुभएका सुजन जन्मजात अपाङ्गता छन् । उनलाई हिँडडुल गर्न नसक्ने भएकाले साहारा आवश्यक पर्छ । निजका बुबा सुरेन्द्र रानाभाटले प्रशासनले घरमै आएर नागरिकता प्रदान गर्दा सहज भएको बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker