चाइना कम्पनीद्वारा विद्यालयको पर्खाल निर्माण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पा स्थित चन्द्रोदय आधारभूत विद्यालयको कम्पाउण्ड पर्खाल निर्माण गरिएको छ । पृथ्वीराजमार्ग विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको निर्माण कम्पनी चाइना कम्पनी कम्युनिकेशन कन्स्ट्रक्सनले विद्यालयको पर्खाल निर्माण गरिदिएको हो ।

निर्माण कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालय र विद्यार्थीको सुरक्षाका लागि विद्यालयको क्षेत्रभित्र कम्पनीले पर्खाल निर्माण गरेको बताइएको छ । उक्त विद्यालय वरापरा करिव २५० मिटर लम्बाइको पर्खाल निर्माण गरिएका चाइन क्याप्प याम्पाले जनाएको छ । ठुला आयोजना सञ्चालन गरेवापत प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्नुपर्नेमा कम्पनीले विद्यालयमा पर्खाल निर्माण गरेको हो ।

निर्माण कम्पनीले गत माघमा सुरुवात गरेको र करिव १४ लाख रुपैयाँ बराबरको लागतमा पर्खाल निर्माण गरिएको र कम्पनीले आफ्नौ मजदुर र निर्माण सामाग्री प्रयोग गरेको बताइएको छ । साविक दुइ लेनमा रहेको मुग्लिङ-पोखरा सडकखण्ड ४ लेनमा विस्तार गर्ने काम भइरहेको छ । मुग्लिन-पोखराको दूरी करिब ८८ किमि छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८० किमि छ । यो खण्डलाई दुइ भागमा विभाजन गरेक काम अगाडि बढाएको छ ।

आँबुखैरेनी-जामुने (४१ कि.मि) पूर्वी खण्ड र जामुने-पोखरा (३९ कि.मि) पश्चिम खण्ड रहेको छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत गृह रहेकोले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।

मुग्लिन-पोखरा सडक अन्तर्गतको पूर्व खण्ड आँबुखैरनी-जामुने सडक निर्माणको जिम्मा अर्को चाइना कम्पनी कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्ड जामुने-पोखरा सडक निर्माणको जिम्मा चाइना कम्पनी यनहुइ काइयुन हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोडमा पाएको छ ।

हाल सडक दुवै खण्डमा सडक कालोपत्रेका लागि सडक फराकिलो बनाउने, सडक छेउ टेवा पर्खाल बनाउने, साना पुल तथा कल्भर्ट निर्माण लगायतका कार्यहरु भइरहेका छन् । यस्तै, सडक कालोपत्रेका लागि विद्युत पोलहरु समयमा नहट्दा भने आयोजनाले कामको प्रगति भने देखाउन सकेका छैनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker