मुग्लिन नारायणगढ खण्डको वैकल्पिक बुद्धसिंह मार्ग अन्तर्गत घुमाउनेमा एक दशकदेखि पुल अधुरै

एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग अन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ ।
तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ । एक सय पाँच मिटर लम्बाइ सिङ्गल आर्क ब्रिज निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवा मकवानपुरसँग सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०७३ असार ३० गते काम सम्पन्न हुनुपथ्र्यो । तर चौथो पटक गरी २०८० असार ३० गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय तनहँुका इन्जिनियर विकास लागेले जानकारी दिनुभयो ।
सुरुमा स्टिल ट्रस पुल बनाउने भनेकामा सो बमोजिम पुल बनाउँदा नारायणगढ मुग्लिनखण्डमा खतरामा पर्नेे भन्दै निर्माण व्यवसायीले डिजाइन परिवर्तन गरी आरसिसी आर्क ब्रिज बनाउन माग गरेका थिए । उक्त पुलको हालसम्म ३५ प्रतिशत भौतिक र ३४.३२ प्रतिशत वित्तीय प्रगति भएको छ । विसं २०७८ सालको बर्सात मौसममा त्रिशूली नदीमा आएको भेलले पुलको दुवै तर्फको पाँच सय ४० मध्ये दुई सय ५७ वटा डन्डी भाँचिएको कारण काममा ढिलाइ भएको इन्जिनियर लागेले बताउनुभयो ।
काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक पटक लिखित पत्राचार तथा मौखिक ताकेता गरिएको २०७९ असार १९ गते सूचना प्रकाशित गरी निर्माण व्यवसायीलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएको थियो । तत्पश्चात् २०७९ असार २० गते सार्वजनिक खरिद नियमावली २०६४ (१२औँ संशोधन) प्रकाशित भई सो अनुसार विसं २०८० असार ३० सम्म म्याद थप भएको थियो ।
निर्माण व्यवसायीलाई बारम्बार ताकेता गर्दा पनि हेलचक्र्याइँ गरी साइटमा नआएकाले  २०८० वैशाख १५ मा ठेक्का तोडी कालोसूचीमा किन नराख्ने भनी सात दिने म्याद दिई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्नका लागि पत्र पठाइएको थियो । तत्पश्चात् पनि चित्तबुझ्दो जवाफ नआएकाले विसं २०८० असार १३ गते ठेक्का किन नतोड्ने भनी सात दिनभित्र संशोधित कार्यतालिका, सोहीसँग मेल खाने भरपर्दो स्रोत परिचालन योजनासहित कार्यालयमा उपस्थिति हुन अन्तिम पटक अनुरोध गरिएको थियो ।
सार्वजनिक खरिद नियमावली, २०६४ (१२औँ संशोधन) अनुसार म्याद थप भएको अवधिभित्र निर्माण कार्य सम्पन्न नभएको अवस्थामा सोही नियमावलीको नियम १२१ बमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लगाई ठेक्का कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।
उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने दोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।
पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि काम गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ ।
तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुईपाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker