व्यासमा सार्वजनिक बिदा
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको दिन सार्वजनिक बिदा दिएको छ । माघ ७ गते बसेको कार्यपालिका बैठकले सहिद दिवसको दिन आइतबार र्सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
नगरपालिकाले सहिद दिवसका दिन कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
यस्तै, नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ । यस दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्दै आएकोमा अहिले कोरोना जोखिमका कारण स्थगित गरेको छ ।










