तनहुँ र झापाका सहकारीकर्मीबीच दमौलीमा छलफल

भञ्ज्याङ न्यूज

तनहुँ र झापा जिल्लाका सहकारी तथा संगठनकर्मीहरूबीच तनहुँको दमौलीमा बिहीबार अन्तक्रियात्मक छलफल कार्यक्रम गरिएको छ ।

राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँका अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, कोशी प्रदेश इन्चार्ज लक्ष्मी प्रसाद गुरागाइ, राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि झापाका अध्यक्ष वशिष्ठ अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज विजय कुमार श्रेष्ठ, पेशागत महासंघ नेपाल, झापाका अध्यक्ष तुलसी प्रसाद भण्डारी समेतको विशेष उपस्थिति रहेको थियो ।

राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. झापाको आयोजनामा सहकारी अवलोकन भ्रमणमा रहेका सहकारीकर्मीलाई राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिनिटेड तनहुँ तथा नेपाल निजामती कर्मचारी संगठन, तनहुँले स्वागत गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker