शिशु हत्या अभियोगका फरार मक्रान्ति र चेक अनादर मुद्दका पौडेल पक्राउ
भञ्ज्याङ न्यूज

जिल्ला प्रहरी कार्यालय तनहुँले १८ वर्षदेखि फरार प्रतिवादिलाई पक्राउ गरेको छ । जिल्ला अदालतले २१ वर्ष६ महिना कैद सजाय भएको तर फरार आँवुखैरेनी-१ कुसुन्डेका मक्रान्ति साहिला भनेर चिनिने खिमबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका खिमबहादुर तनहुँ अदालतले २०६० वैशाख ११ गते बलात्कार गरेर गर्भपतन प्रयास गर्दा पनि जन्मिएकी शिशुलाई हत्या गरेको अभियोगमा सजाय फैसला गरेको थियो । त्यसयता फरार उनलाई बुधबार पक्राउ गरी अदालतमा पठाएको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए। जिल्ला अदालतको मिति २०६० वैशाख ११ गतेको फैसलामा र्सवश्वसहित जन्मकैद सजाय सुनाएकोमा पुनराबेदन अदालत पोखराको मिति २०६० कार्तिक १८ गतेको आदेशले जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
भानुभक्त भट्टराइको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी समेत भएको नवजात शिशु जन्माई मारेको कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टिकामाया अम्गाई भन्ने टिका थापाको बयान पोलबाट खुलेका प्रतिवादी मक्रान्ती र्साईला नामले चिनिने खिम बहादुर सार्की भन्ने प्रेम बहादुर सार्कीले जवर्जस्ती करणी गरेका सार्कीको करणीबाट गर्भ रहन गएको थियो ।
उक्त गर्भ खेर फाल्नको लागि प्रतिबादी प्रेम बहादुर सार्कीले औषधी खान दिई गर्भ पतन गराउदा जिउँदो छोरी जातको बच्चा जन्मिएको थियो । मक्रान्ती र्साईला नामले चिनिने खिम बहादुर सार्कीले खरबारी तर्फलगि कर्तव्य गरी मारेको अदालतमा पुष्टि भएको तनहुँ प्रहरीले जनाएको छ ।
पौडेल पक्राउ
त्यस्तै, प्रहरीले चेक अनादर मुद्दाका फरार व्यास-२ मालपोतलाईन बस्ने ४९ वर्षीय आरसी नामले चिनिने रामचन्द्र पौडेललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पौडेललाई २०७४ असार ८ गते अदालतले १ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना गरेको थियो ।










