हाडजोर्नी तथा मांसपेशीसम्बन्धी उपचार सेवाका लागि बन्दीपुर अस्पतालमा फिजियोथेरापी सेवा सुरु

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा सञ्चालित बन्दीपुर अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको छ। शारीरिक दुखाइ, चोटपटक तथा हाडजोर्नी र मांसपेशीसम्बन्धी समस्याबाट प्रभावित बिरामीलाई स्थानीयस्तरमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको हो ।
बुधबार आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङले फिजियोथेरापी सेवाको शुभारम्भ गरेका छन् । कार्यक्रममा गाउँपालिकाका कर्मचारी, अस्पतालका स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको जानकारी गराए । सेवा सञ्चालनमा आएसँगै शारीरिक दुखाइ, चोटपटक, हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्याका बिरामीलाई उपचार र पुनःस्थापनाका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष गुरुङ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गिरी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
यसैबीच, कार्यक्रममा सहभागी सेवाग्राहीले पछिल्लो समय बन्दीपुर अस्पतालको सेवा प्रवाहमा सुधार आएको आफूहरूले महसुस गरेको बताएका थिए । उनीहरूले स्वास्थ्य सेवामा भइरहेका सुधारका प्रयासलाई निरन्तरता दिन गाउँपालिका र अस्पताल व्यवस्थापनसँग आग्रहसमेत गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker