तनहुँमा निषेधाज्ञा लम्ब्याउने : परीक्षा सञ्चालन तथा रेष्टुरेन्ट ४ बजेसम्म खुल्ने (के के भए सिफारिस ?)

भञ्ज्याङ न्यूज

तनहुँमा निषेधाज्ञालाई थप खुकुलो बनाउँदै लगिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २० गतेसम्म लम्ब्याउन जिल्ला प्रशासन कार्यालय तनहुँलाई सिफारिस गरेको छ ।

समितिले स्वास्थ्य मापदण्ड पुरा गरी होटलमा ५० प्रतिशतसम्म पाहुना राख्न दिने व्यवस्था मिलाउन सिफारिस गरेको छ । शुक्रबार बसेको समितिको बैठकले व्यवसायीले आफूहरु संकटमा परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय खुल्न दिने वातावरण मिलाउन माग गरेपछि उक्त सिफारिस गरेको हो ।

व्यवसायीहरुको माग अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिम तनहुँमा कायमै रहेको भन्दै आगामी साउन २० गतेसम्म निषेधाज्ञा लम्ब्याउन र बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म रेष्टुरेन्ट तथा खाजाघर संचालन गर्न दिन सिफारिस गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker