एमालेमाथि चौतर्फी आक्रमण छ, त्यसलाई चिरेर अगाडी बढ्छौ : सचिव अर्याल

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालले अहिले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएकी छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाको आइतबार आयोजित भेलामा बोल्दै सचिव अर्यालले एमालेमाथि भइरहेको आक्रमण चिर्दै अगाडी बढ्नुको विकल्प नभएको बताइन् ।

एमाले विरुद्ध अहिले महागठबन्धन भइरहेको उल्लेख गर्दै सचिव अर्यालले त्यस्तो महागठबन्धनलाई जनताले जवाफ दिने दावी गरिन् । पूर्वमन्त्री रहेका अर्यालले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एमाले उम्मेदवारले जित्ने बताइन् । उनले भनिन्, ‘भोलिको राजनीतिक भविष्यका लागि पनि हामीले जित्नैपर्ने छ, सबै कार्यकर्ता एकढिक्का भएर लागे चुनाव जित्न सम्भव छ ।’

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेलले एमाले उम्मेदवारका बारेमा प्रेस चौतारीले प्रचारप्रसार गर्नुपर्ने बताइन्। नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य भगवती न्यौपानेले पार्टीका राम्रा पक्षका बारेमा जनतामाझ लैजानुपर्ने बताइन् ।

वैशाख १० गते हुने तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई निर्वाचित गराउन एमाले तनहुँले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र पारेको छ । चुनावी अभियान अन्तर्गत सोमबार देवघाट गाउँपालिका कमिटीले देवघाटमा चुनावी सभा कार्यक्रम गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker