आदिकवि भानुभक्त क्याम्पसमा गण्डकी विश्वविद्यालयसँग शैक्षिक सहकार्यबारे नीति संवाद

दमौली, : तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा गण्डकी विश्वविद्यालयसँग शैक्षिक सहकार्य सम्बन्धमा नीति संवाद कार्यक्रम बुधबार बिहान क्याम्पस सभा हलमा सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी विश्वविद्यालय र क्याम्पसका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयले नवप्रवर्तन, उत्कृष्टता र दिगो ज्ञानमा आधारित समाज निर्माण गर्ने दूरदृष्टि लिएको बताउनुभयो। उहाँले नेपाल तथा दक्षिण एसिया क्षेत्रमा उच्च दक्ष र प्रतिबद्ध प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय अघि बढिरहेको उल्लेख गर्दै ज्ञान, अनुसन्धान, शिक्षण, नवप्रवर्तन तथा प्रविधि विकासका क्षेत्रमा आदिकवि भानुभक्त क्याम्पससँग सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

त्यसैगरी व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, सिकाइको स्तर उकास्ने, अनुसन्धान संस्कृतिको विकास गर्ने तथा न्यून आय भएका प्रतिभाशाली विद्यार्थीहरूलाई विज्ञान, सूचना प्रविधि र खेलकुदका उच्च शिक्षा अवसर उपलब्ध गराउने विषयमा त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले गण्डकी विश्वविद्यालय, व्यास नगरपालिका र क्याम्पसबीच संस्थागत सहकार्यको सम्झौता गर्न नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा. हरि पाठक तथा सहायक क्याम्पस प्रमुख प्रा.डा. सुशील भट्टराईको समेत उपस्थिति रहेको थियो। साथै क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ र तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईमकुमार मल्लको पनि सहभागिता रहेको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीराम कार्कीले सहभागी अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. तिवारीले विश्वविद्यालयका हालका प्राज्ञिक गतिविधि तथा सामुदायिक क्याम्पसहरूसँग गर्न सकिने सहकार्यका सम्भावनाबारे प्रस्तुति दिनुभएको थियो। साथै आदिकवि भानुभक्त क्याम्पस र गण्डकी विश्वविद्यालयबीचको सहकार्य सम्बन्धमा क्याम्पस प्रमुखले समेत विषयवस्तु प्रस्तुत गर्नुभएको थियो।

अन्तरक्रिया सत्रमा प्राध्यापक तथा विद्यार्थीहरूले उठाएका जिज्ञासाहरूको जवाफ कुलपति तिवारी र क्याम्पस प्रमुखले दिनुभएको थियो।

कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले गर्नुभएको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker