व्यास वचतको सामाजिक लेखा परीक्षण

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास वचत तथा ऋण सहकारीले शनिबार दमौलीमा सामाजिक लेखा परीक्षण गरेको छ । उद्यमी सदस्य, प्रविधिमैत्री, सशासनयुक्त र सवल वित्तीय सहकारी भन्ने मुल नाराका साथ स्थापित सहकारीले चालु आर्थिक वर्षो चैत्र मसान्तसम्मको लेखा गतिविधि सार्वजनिक गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिपराज अधिकारीले ०७९ श्रावणदेखि चैत्र मसान्तसम्मको आर्थिक अवस्था र संस्थाले गरेको गतिविधिका बारेमा सहभागिलाई जानकारी गराएका थिए । जसमा शेयर पुँजी ६ करोड ७४ लाख ७८ हजार ८ सय, साधारण जगेडामा १ करोड ५९ लाख २४ हजार ५१०, अन्य कोषहरुमा ४८ लाख १४ हजार अठहत्तर, वचत निक्षेपमा १४ करोड ३५ लाख ६ हजार ६१५, भुक्तानी दिनुपर्नेमा ८ लाख १५ हजार २५६, व्याज मुल्तवीमा ८३ लाख ५२ हजार ७१५, ऋण सुरक्षण कोषमा ८७ लाख ७१ हजार ६२३, आय व्ययमा ८७ लाख ३६ हजार ५५० रुपैयाँ रहेको आर्थिक विवरण सार्वजनिक गरेका थिए ।

यस्तै, आयको अवस्थामा ऋण लगानीबाट प्राप्त आम्दानीमा २ करोड २४ लाख ६२ हजार ४५२, अन्य लगानीबाट प्राप्त आम्दानीमा १३ लाख ३४४, शेयर लगानीवाट प्राप्त ३ लाख ८२ हजार ७५८, अन्य आम्दानीाम १० लाख ९७ हजार ६९० रुपैयाँ देखाइएको छ ।

सम्पति तर्फ नगद मौज्दातमा २ लाख ७८ हजार ४३७, बैंक हिसावमा २ करोड ७१ लाख ६१ हजार १०३, लगानीमा रहेको २ करोड ३२ लाख ३६ हजार, सदस्यलाई दिएको ऋण हिसावमा १८ करोड ४२ लाख १५ हजार ५३२, स्थिर सम्पति समान हिसावमा १ करोड ३१ लाख ९७ हजार ३८८, अन्य सम्पतिमा १ करोड ३ लाख ११ हजार ७०८ रुपैयाँ रहेको बताइएको छ ।

यसैगरि खर्च तर्फ वित्तिय लागत व्याजमा ९६ लाख ६३ हजार ७२०, प्रशासनिक खर्चमा २६ लाख ८ हजार ३३, डुवन्त ऋणको लागि व्यवस्थामा १७ लाख ७४ हजार ७५०, अन्य खर्चमा २४ लाख ६० हजार १९३ रुपैयाँ रहेको अध्यक्ष अधिकारीले सार्वजनिक गरेका छन् ।

लेखा समितिका संयोजक राजेश्वर हड्खलेको अध्यक्षतामा आयोजित लेखा परक्षण कार्यक्रमममा संस्थाको गतिविधिलाई थप प्रविधियुक्त बनाउन मोवाइल एप र क्यूआर कोडका व्यवस्था गरिएको जानकारी गराइएको थियो । यस्तै, लेखा परीक्षण कार्यक्रमममा शेयर सदस्यहरुले राखेको जिज्ञाशालाई अध्यक्ष प्रदिपराज अधिकारी, उपाध्यक्ष प्रेम प्रसाद पौडेलले सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker