बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो ।

आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker