पूर्वमन्त्री गुरुङ सहित एमाले तनहुँद्वारा आगलागीस्थलको निरीक्षण

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ सहित नेकपा एमाले तनहुँले व्यास नगरपालिका-४ मा आइतबार भएको आगलागीस्थलको निरीक्षण गरेको छ । नेकपा एमालेका स्थायी कमिटीका सदस्य समेत रहेका गुरुङको नेतृत्वमा गएको जिल्ला कमिटीको टोलीले सोमबार बिहान आगलागीस्थलको निरीक्षण गरेका हो ।

स्थलगत निरीक्षण गरेका नेता गुरुङ गुरुङले भूपाल हार्डवेयरका सञ्चालक भूपाल आले, ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशकुमार श्रेष्ठ लगायत पीडितलाई भेट गरी सहानुभूति प्रकट गरेका थिए । दुःखको अवस्थामा नेकपा एमाले सदैव जनताको साथमा रहेको भन्दै उनले पीडितलाई उचित क्षतिपूर्ति दिनका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए ।

नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीपराज अधिकारी, सदस्य अनिल पाण्डे, प्रदेश सांसद रामबहादुर गुरुङ लगायतले समेत आगलागि स्थलको निरीक्षण गरेका थिए।

यस्तै, नेकपा (एमाले) जिल्ला कमिटी तनहुँले सोमबार उक्त आगलागिको घटना प्रति दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ । जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै व्यास-४ दमौली बजार स्थित भुपाल हार्डवेयरबाट शुरु भएको आगलागिबाट ज्योति हार्डवेयर, तनहुँसुर मिनी मार्केटका पसल र त्यससंग जोडिएर रहेका घरहरु क्षतिग्रस्त हुनुका साथै ती घरहरुमा डेरा गरी बस्ने डेरावालहरुको समेत ठूलो क्षति हुन पुगेकोमा नेकपा एमाले गहिरो दुःख व्यक्त गर्दछ भनिएको छ।

यस दुःखद् घडीमा सबै राजनैतिक दलसंग आवद्ध व्यक्तिहरु, नगरबासी महानुभावहरु, नेपाली सेना, सशत्र प्रहरी, नेपाल प्रहरी, व्यास नगरपालिका, पोखरा महानगरपालिका, बेसिशहर नगरपालिकाका दमकल प्राविधिकहरु, काठमाडौंबाट आएको हेलिकप्टरको सहयोगले त्यो भीषण आगलागिलाई नियन्त्रणमा लिन सफलता प्राप्त गरी थप क्षति हुनबाट जोगाउँन सफल र सहभागि सबै प्रति एमाले तनहुँले धन्यवाद व्यक्त गरेको छ ।

यस्तै, जारी विज्ञप्तिमा यस दुःखद् दुर्घटनामा सबैभन्दा नजिक रहेको व्यास नपाको अग्निनियन्त्रक यन्त्र समयमा आई नपुग्नु, दक्ष जनशक्ति उपलव्ध नहुनु दुःखद् कुरा भएको भनिएको छ । दक्ष प्राविधिकयुक्त प्रविधिहरु तयारी अवस्थामा राख्न तुरुन्तै पहलकदमीका लागि सबै सरोकारवालाको ध्यानआकृष्ट गराउँदै एमाले तनहुँले विज्ञप्तिमा भयाबह अग्नि नियन्त्रणको सफलताको विषयलाई लिएर केही राजनैतिक दलहरुले राजनीति भाषामा जस लिन प्रतिस्पर्धा गर्नु आफैमा हास्यास्पद र लज्जास्पद कार्य भएको उल्लेख गरेको छ । यो विषम परिस्थितीमा राजनैतिक भाषा, शैली देखाउन सान्दर्भिक नहुने भनिएको छ ।

आगलागिमा परी पीडित व्यवसायी, घरधनिहरु, डेरागरी बस्ने महानुभावहरुले व्यहोर्नु परेको नोक्सानको उचित मूल्यांकन गरी क्षतिपूर्ति व्यवस्थापनका लागि जिल्लाबाट राष्ट्रिय राजनैतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ, जनप्रतिनिधीहरुका साथै सरोकारवालाहरुको समिति गठन गर्राई यथासक्य चाँडो उचित क्षतिपूर्तिको व्यवस्थाका लागि एमाले तनहुँले माग गरेको छ ।

यस्तै, प्रहरीका अनुसार आगलागीबाट भूपाल हार्डवेयरको गोदाम पूर्णरुपमा क्षति भएको छ । ज्योतिकुमार श्रेष्ठको तीनतले पक्की घरको पछाडिको भाग आंशिक र गोदाम पूर्णरुपमा क्षति भएको छ । यसैगरी बलराम रानाको तीनतले पक्की घरको पछाडि एक साइड जलेर आंशिक, कृष्णबहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको दुइ सटर आंशिक, होमबहादुर गुरुङको तीन तले घरको पछाडि भागको झयालढोका लगायत गाह्रोमा क्षति, राममाया गुरुङको तीनतले पक्की घरको पछाडि भागको झयालढोका लगायतमा क्षति, लालबहादुर गुरुङको चारतले पक्की घरको पछाडिको भाग झयाल ढोका जली आंशिकरुपमा क्षति भएको छ ।

यस्तै लिलबहादुर विकको दुइतले पक्की घरको पछाडिको झयालको चौकोस जली आंशिक क्षति, नवीन गुरुङको चारतले पक्की घरको पछाडिको झयाल ढोका जली आंशिक, दीपककुमार श्रेष्ठको तीनतले पक्की घरको पछाडिको झयालको सिसा फुटेको वीरदेव धमेलको तीन तले पक्की घरको पछाडि झयालको चौकोस सामान्यरुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker