बैंकिङ कसुरमा कारागार चलान

भञ्ज्याङ समाचारदाता (दमौली)

बैकिंङ कसुर मुद्दामा फरार एक महिला कारागार चलान गरिएको छ । भानु नगरपालिका वडा नं. १२ मिर्लुङ स्थायी घर भएकी २७ वर्षीया आशा थापा अधिकारीलाई उच्च अदालत पाटनको गत असार १४ गतेको फैसलाले दुइ दिन कैद र ६ लाख जरिवाना सजाय सुनाएको थियो । प्रहरीले फरार ती महिलालाई आइतबार बेलुकी काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका-९ स्थितमा फेला पारी पक्राउ गरी तनहुँ जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए । अदालतको आदेशले महिला कारागार चलान भएको बताइएको छ ।

बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी ती महिलालाई उच्च अदालत पाटनको ०७७ असार १४ गतेको फैसलाले दुइ दिन कैद र रु छ लाख जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकी बताइएको छ ।

यसैगरी अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने चार एक्साभेटर, दुइ जेसिभिसहित चार ट्याक्टर र तीन टिपर गरी जम्मा १३ सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङ्पाटनस्थितमा रहेको नदी बगरबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभिलाई इलाका प्रहरी कार्यालय भिमाद तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएर म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा पर्ठाईएको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker