जंगली च्याउ खाँदा तनहुँका तीन जना विरामी

भञ्ज्याङ न्यूज

जंगलबाट ल्याएको च्याउ खानासंग खाँदा बिहीबार तनहुँमा तीन जना विरामी परेका छन् । व्यास नगरपालिका-५ चिन्तुटार निवासी ७२ वर्षीय सुक बहादुर गुरुङ, ६० वर्षीय मिना माया तामाङ र ३२ वर्षीय थमन गुरुङ बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहानको खानासंगै जंगली च्याउ खाँदा विरामी परेका मध्ये ७२ बर्षीय सुक बहादुर गुरुङको दमौलीमा सामान्य उपचार पश्चात थप उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

यस्तै, अन्य दुइ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ । जंगलबाट ल्याएको च्याउ खाएपछि एकाएक बिरामी परेपछि उपचारको लागि दमौली अस्पतालमा लगिएको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker