उज्यालो घरलाई खाद्यान्न र आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका लागि सुरेश मिष्ठान्न भण्डारका तर्फबाट दश हजार बराबरको सहयोग गरिएको छ । दमौलीस्थित सुरेश मिष्ठान्न भण्डारका तर्फबाट सोमबार उज्यालो बालगृहका लागि तीन हजार बराबरको खाद्यान्न र नगद सात हजार रुपैयाँ सहयोग गरिएको हो ।
भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा भएको खुसीयालीमा उक्त सहयोग गरिएको सञ्चालक अविनास साहले बताए । उनका अनुसार सामाजिक उत्तरदायित्व वहन अन्तर्गत उक्त सहयोग गरिएको हो । बालगृहका अध्यक्ष सागर घिमिरेले सहयोगले बालगृह सञ्चालनमा सहयोग पुग्ने भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।










