विवेकशील साझाको व्यास नगर समिति घोषणा
भञ्ज्याङ समाचारदाता/दमौली

विवेकशील साझा पार्टीको व्यास नगर समिति घोषणा गरिएको छ । पार्टीको शनिबार दमौलीमा आयोजित भेलाले सलमान अलीको संयोजकत्वमा नगर समिति चयन गरेको हो । भेलाले नगरसमितिको सहसंयोजकमा विप्लता ढुङ्गाना, सदस्यहरूमा विरोध श्रेष्ठ, महमद गफार, सुशीलकुमार श्रेष्ठ, उमेश पौडेल, रुपेश पन्थ, हसिना वानु, खेमराज परियार, हमिफ महम्मद, टुकराज अधिकारी, सिकन्दर बक्स, आशा बस्नेत, सरस्वती कार्की आले, राजन सापकोटा, टिकाराम छिमाल, सुर्यबहादुर बिक, लक्ष्मण गुरुङ्ग र सुरेस मझकोटी रहेको बताइएको छ ।
पार्टीका तनहुँ संयोजक सागर घिमिरेको संयोजकत्वमा आयोजित कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख निर्देशक सिलवालले पार्टीले देशव्यापी रुपमा संगठन विस्तार अभियानलाई तीव्र पारेको बताए । गण्डकी प्रदेश संयोजक महेश भण्डारीले गण्डकी प्रदेश अन्तर्गत ७ वटा जिल्लामा संगठन निर्माण सकिसकेको र बाँकी जिल्लाहरुमा चाँडै विस्तार गर्ने बताए ।










