पौडी खेल्ने क्रममा भानुका सुक बहादुर बेपत्ता

पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाउँदा भानुका सुक बहादुर नेपाली बेपत्ता भएका छन् । भानु-८ बारिफाँट का ३५ वर्षीय नेपालीलाई शनिबार ११:४५ बजेको समयमा पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

गाउँमै रहेको सतदेवि मन्दिर निर्माणका लागि श्रमदान गर्न जान्छु भनि घरबाट निस्किएका नेपाली मर्स्याङ्दी नदीको किनारामा पौडी खेल्ने क्रममा बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी गराए ।

सुचना प्राप्त हुनासाथ उनको खोजतलासका लागि प्रहरी चौकी पुर्कोट तनहुँ, इलाका प्रहरी कार्यालय भानु तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहुँबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानीय मानिसहरु समेतको संयुक्त टोली उक्त स्थानमा खटिई गई निजको खोजतलास गरिरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान एवं खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker