भादगाउँको ऐतिहासिक भोटी बजार चिनाउन सांस्कृतिक महोत्सव सुरु

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा ऐतिहासिक भोटी बजारको पहिचान स्थापित गर्ने र स्थानीय सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो दमौली भोटी बजार भादगाउँ सांस्कृतिक महोत्सव सुरु भएको छ । स्थानीय कला, संस्कृति, परम्परा र उत्पादनलाई एउटै थलोमा जोड्ने लक्ष्यसहित आयोजित महोत्सवको मंगलबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका छन् ।

नगरप्रमुख न्यौपानेले भोटी बजारको ऐतिहासिक महत्व र पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । स्थानीय उत्पादनको बजारीकरणसँगै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा पनि महोत्सवले योगदान पु¥याउने चर्चा गर्दै उनले महोत्सव आयोजना गर्ने दोभान युवा क्लबको प्रयासको प्रशंसा गरे ।

स्थानीय समुदायको सहभागितालाई महोत्सवको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्दै आयोजकले व्यास नगरपालिका–१ का ३३ वटै टोललाई समेटेको छ । टोलको प्रतिनिधित्व गर्दै युवा अगुवा तथा भादगाउँ टोल विकास संस्थाका अध्यक्ष दीपक घिमिरेले महोत्सव सफल बनाउन सबै टोल र स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

दोभान युवा क्लबका अध्यक्ष नलबहादुर दरैले महोत्सवको मौलिकता र सांस्कृतिक पहिचान जोगाउन सबै पक्षलाई आग्रह गरे । उनले स्थानीय संस्कृति र परम्परालाई प्राथमिकतामा राखेर आयोजना गरिएको महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी भादगाउँको पहिचानसँग जोड्नुपर्ने बताए ।

दोभान युवा क्लबको आयोजना, दोभान आमा क्लबको सहआयोजना तथा औद्योगिक मेला महोत्सव प्रतिष्ठान काठमाडौँको व्यवस्थापनमा महोत्स सञ्चालन गरिएको बताइएको छ । महोत्सवमा विभिन्न व्यवसायिक स्टल, रमाइलो मेला तथा स्थानीय उत्पादनको प्रदर्शनी राखिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

हरिबोधनी एकादशीसंग जोडिएको भादगाउँको ऐतिहासिक भोटी बजारको महत्व उजागर गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, पर्यटन गतिविधि बढाउने र समुदायबीच सांस्कृतिक एकता तथा सामाजिक सद्भाव बलियो बनाउने अपेक्षासहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker