अगुवा महिलालाई मानव अधिकार सम्बन्धी अभिमुखिकरण प्रशिक्षण

दमौली : महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँले समाजका अगुवा एवं विभिन्न संघसंस्थाको नेतृत्व गरिरहेका महिलाहरूलाई विहीबार दमौलीमा प्रशिक्षण दिएको छ । सञ्जालले ७० जना अगुवा महिलाहरूका लागि अभिमुखीकरण कार्यक्रम मार्फत प्रशिक्षण दिएको हो ।
महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला मानव अधिकारको सांगठनिक स्वरूप, काम, कर्तव्य, अधिकार, जिम्मेवारी र कार्य सञ्चालन प्रक्रिया लगायतका बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रिया सहित अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्तौला, मानव मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य शवनाम शर्माले कानुनमा स्पष्ट रूपमा उल्लेख नभएका विवादित ऐन, मानवीय र सामाजिक मान्यताको परिवर्तन व्यवहारिक रूपमा लागू हुने अवस्था कायम हुनुमा पैरवी र वकालतको भूमिका, विकृत मान्यताको अन्त्य र हानिकारक मूल्य मान्यता विस्थापितमा वकालतको आवश्यकता, महिलामाथि गरिएका विभेद, महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आन्दोलन अभियान र पैरवीका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागी महिलाहरूले समाजमा देखिएका र भोग्नुपरेका महिलासँग केन्द्रित सवालहरूका बारेमा जिज्ञासा राखेका थिए । सोहि अवसरमा महिला र मिडियाको क्षेत्रमा काम गर्दै आएकी आकृति श्रेष्ठले समेत आफ्नो प्रस्तुति दिएकी थिइन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँकी उपाध्यक्ष वसुन्धरा घर्तीले स्वागत गरेको कार्यक्रममा वडा सदस्य गौकुमारी न्यौपाने, एनजीओ नेटवर्क तनहुँका अध्यक्ष प्रताप सिंह गुरुङ, कोषाध्यक्ष सुशीला शर्मा, सचिव अन्जना तिमलसेना लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker